कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

युवकको हत्या आरोपमा तीन जना पक्राउ

सुम्निमा चाम्लिङ

इटहरी — एक युवकको हत्या आरोपमा प्रहरीले तीजनालाई पक्राउ गरेको छ । इटहरी उपमहानगरपालिका २० का २८ वर्षीय राजन राईको हत्याको आरोपमा इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

युवकको हत्या आरोपमा तीन जना पक्राउ

मोरङको कानेपोखरीका २० वर्षीय प्रज्‍ज्‍वल तामाङ, इटहरीका १९ वर्षीय अभिषेक केसी, र २३ वर्षीय अभिषेक पौडेल पक्राउ परेका हुन्।

प्रहरीका अनुसार गत जेठ १८ गते राति प्रज्‍ज्‍वल राई र राजन राईबीच सामान्य विवाद भएको थियो । त्यसपछि राजन आफनो घर फर्कने क्रममा बाटोमा ढुकेर बसेका ती युवकहरुले कुटपिट गरेका थिए ।

बाँसको लाठीले अन्धाधुन्द पिट्नुका साथै चक्कुले कोखा र छातीमा प्रहार गरको पाइएको प्रहरीले जनाएको छ ।

सिकिस्त घाइते भएका राजनलाई स्थानीयले उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याएका थिए ।उपचारका क्रममा उनको त्यहीँ मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

घटनाको अनुसन्धानका लागि इलाका प्रहरी र प्रदेश १ प्रहरी कार्यालयको टोली खटिएको जनाइएको छ ।

सम्बन्धित समाचार

इटहरीमा छुरा प्रहारबाट युवकको मृत्यु

प्रकाशित : जेष्ठ २०, २०७७ ११:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?