१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्न उद्योगीको जोड

विराटनगर — कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण ठूलो आर्थिक संकट सामना गर्नुपरेको उद्योगी–व्यवसायीले बताएका छन् । लकडाउन सफल पार्न दुई महिनाभन्दा बढी समयदेखि आ–आफ्ना उद्योग–व्यवसाय बन्द गरी पूर्ण समर्थन र सहयोग गरिँदै आए पनि अब असहज अवस्था आइपरेको उनीहरूको भनाइ छ ।

सावधानी अपनाएर व्यवसाय सञ्चालन गर्न उद्योगीको जोड

लामो समयदेखि ठप्प रहेका उद्योग, कल–कारखाना, व्यवसाय र बजारका कारण आम उपभोक्ताको जनजीवन कष्टकर हुनुका साथै उद्योगी–व्यवसायीले ठूलो आर्थिक संकट सामना गर्नुपरेको जनाइएको छ ।

आर्थिक संकट कम गर्न एवं देशको अर्थतन्त्र चलायमान् राख्न अबका दिनमा स्वास्थ्य सुरक्षाका नीतिहरूलाई अनिवार्य अवलम्बन गरी बन्द रहेका उद्योग, व्यवसाय र बजार सूचारु गर्दै जानुपर्ने मोरङ व्यापार संघले जनाएको छ ।

संघले कपडा व्यवसायी संघ, हार्डवेयर एसोसिएसन, मोरङ इलेक्ट्रिक संघ, खुद्रा व्यापार संघ, नेपाल सुनचाँदी व्यवसायी संघ, मोरङ अटोमोबाइल डिलर्स एसोसिएसनलगायत वस्तुगत संघका प्रतिनिधिसँग छलफल गरेको छ । छलफलमा सहभागीले सावधानी अपनाएर व्यवसाय सञ्चालन गरिनुपर्नेमा जोड दिएका थिए ।

प्रकाशित : जेष्ठ २०, २०७७ ०८:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?