पीसीआर मेसिन बिग्रिएपछि झापामा स्वाब संकलन रोकियो

अर्जुन राजवंशी

बिर्तामोड — विराटनगरस्थित कोशी अस्पतालको पीसीआर परीक्षण गर्ने मेसिन बिग्रिएपछि झापामा स्वाब नमुना संकलन रोकिएको छ । कोसी अस्पतालमा रहेको पीसीआर मेसिन आइतबार राति बिग्रिएको प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला प्रमुख जयवेन्द्र यादवले जानकारी दिए ।

पीसीआर मेसिन बिग्रिएपछि झापामा स्वाब संकलन रोकियो

झापा प्रदेश १ मै सबैभन्दा बढी कोरोना संक्रमित फेला परेको जिल्ला हो । भारतबाट दैनिकजसो मानिसहरू आइरहेका छन् । यसरी आउनेलाई क्वारेन्टाइनमा राखी स्वाब नमुना पीसीआर परीक्षणका लागि पठाउने गरिएको छ । तर, प्रदेशमा रहेको मेसिन बिग्रिएको खबरले द्रुत गतिमा भइरहेको स्वाब नमुना संकलन कार्यमा रोकावट आएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंले जानकारी दिए ।

सोमबार गौरीगन्ज, मेचीनगर, बाह्रदशी, बुद्धशान्तिलगायत अधिकांश पालिकामा स्वाब संकलन रोकिएको उनले जानकारी दिए । ‘विराटनगरको पीसीआर मेसिन बिग्रिएको खबर आएको छ, त्यसैले तत्काललाई स्वाब नमुना संकलन रोकेका हौं,’ चम्लागाईंले भने । उनका अनुसार यसअघि नै जिल्लाबाट पठाइएका ६ सय नमुनाको रिपोर्ट आउन बाँकी छ ।

प्रकाशित : जेष्ठ १९, २०७७ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?