१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

महानगरमा संक्रमितको संख्या ३ पुग्यो

मोरङ — विराटनगर महानगरपालिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ पुगेको छ । आइतबार महानगरपालिका १२ की ४५ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो ।

विराटनगरस्थित कोसी अस्पतालको पीसीआर ल्याबमा गरिएको स्वाब परीक्षणमा ती महिलामा संक्रमण पुष्टि भएको हो ।

उनी केही दिनअघि भारतबाट आएर होम क्‍वारेन्टाइनमा बस्दै आएकी थिइन् । यसअघि विराटनगर १५ का पुरुष सफाई कर्मचारी र वडा ६ की माछा व्यवसायी महिलामा संक्रमण पुष्टि भएको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७७ २०:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?