कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जोगबनी नाकाबाट भित्रिने र बाहिरिने क्रम जारी

विराटनगर — जोगबनी नाकाबाट आइतबार पनि भारतबाट आएका नेपालीहरु प्रवेश गर्ने क्रम जारी रह्यो । आइतबार भारतका विभिन्न स्थानबाट आएर नाकानजिक बसेका ७६ जनालाई प्रवेश गराइएको मोरङ प्रहरीले जनाएको छ ।

जोगबनी नाकाबाट भित्रिने र बाहिरिने क्रम जारी

यसैगरी नेपालमा रहेका थप १ सय २५ जनालाई जोगबनी नाका हुँदै भारततिर पठाइएको प्रहरीले जनाएको छ। दिनहुँजसो जोगबनी नाकाबाट मानिसहरु भित्रिरहेका छन् । शनिबार १ सय ७८ जनालाई प्रवेश गराइएको थियो । नेपालबाट १ सय ८२ जनालाई भारततिर पठाइएको थियो ।

यस्तै शुक्रबार २ सय २४ जनालाई प्रवेश गराएको थियो भने २ सय ७८ जना भारतीय नागरिकलाई जोगबनीबाट पठाइएको प्रहरीले जनाएको छ ।

यसैगरी बिहीबार ९५ जना नेपाली आएका थिए । नेपालमा रहेका २ सय ८ जना उक्त नाका भएर भारततिर गएका थिए । बुधबार ३ सय ४ जना नेपालीको प्रवेश भएको थियो ।

प्रकाशित : जेष्ठ १८, २०७७ १९:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?