१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

बाढीले तल्लो पिलुवाखोला जलविद्युत् आयोजनामा क्षति

दीपेन्द्र शाक्य

संखुवासभा — धर्मदेवी नगरपालिका ४ मा रहेको तल्लो पिलुवा खोला जलविद्युत् आयोजना बाढीले क्षति गरेको छ ।

बाढीले तल्लो पिलुवाखोला जलविद्युत् आयोजनामा क्षति

शनिबार आएको बाढीले निर्माणाधीन जलविद्युत आयोजनामा क्षति पुर्याएको निर्माणको जिम्मा पाएको ईसान कन्स्ट्रक्सनका सञ्‍चालक केशवप्रसाद अर्यालले बताए ।

बाढीले आयोजनाको संरचना, निर्माण सामाग्री, सिमेन्ट, रड, पम्प, र विद्युतीय सामाग्री बगाएको उनले बताए । पिलुवामा आएको बाढीले करिब १ करोड ७० लाख बढीको क्षति भएको पनि अर्यालले बताए ।

पिलुवामा ९ दशमलव ५ मेगावाट विद्युत उत्पादनका लागि काम धमाधम भइरहेको थियो ।


प्रकाशित : जेष्ठ १८, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?