कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्रदेश १ का ९ जिल्लामा संक्रमित पुष्टि

माधव घिमिरे

विराटनगर — प्रदेश १ मा संक्रमितको संख्या १ सय ६० पुगेको छ । १४ जिल्लामध्ये ९ वटामा संक्रमण पुष्टि भएको छ । शनिबार संखुवासभाका दुई र झापाका एकजनामा संक्रमण पुष्टि भएको हो ।

प्रदेश १ का ९ जिल्लामा संक्रमित पुष्टि

भारतबाट आएका उनीहरुको स्वाब नमुना धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको थियो ।

प्रदेशका तीन स्थानमा परीक्षण गरिँदै आएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हालसम्म ३ हजार ३ सय १ जनाको परीक्षण गरिएको छ ।

यसैगरी, विराटनगरस्थित कोसी अस्पतालमा ९ सय ८ जनाको एवं प्रादेशिक प्रयोगशालामा १ सय १३ जनाको नमुना परीक्षण गरिएको प्रदेश सरकारले जनाएको छ । प्रदेश १ मा पुष्टि भएका संक्रमितमध्ये ३० जना उपचारपछि निको भएर डिस्चार्ज गरिएका छन् । आइसोलेसनमा बस्नेको संख्या १ सय ३० छ ।

प्रदेशभरका विभिन्न स्थानीय तहमा रहेका क्‍वारेन्टाइनमा बस्नेको संख्या ३ हजार ६ सय ६१ पुगेको छ । दिनहुँजसो जोगबनी लगायत नाका हुँदै भारतबाट मानिसहरु भित्रिरहेका छन् । भारतबाट आउनेक्रम शनिबार पनि जारी रह्यो । मोरङ प्रहरीका अनुसार जोगबनी नाकाबाट १ सय ७८ जनालाई प्रवेश गराइएको छ ।

यसैगरी १ सय ८२ जना भारतीयलाई जोगबनी नाका हुँदै भारततिर पठाइएको छ । प्रदेश १ मा संक्रमित भेटिएका जिल्लाहरुमा झापा, उदयपुर, धनकुटा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर, खोटाङ र सोलुखुम्बु हुन् ।

प्रकाशित : जेष्ठ १७, २०७७ २०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?