ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते- प्रदेश १ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ट्रयाक्टर दुर्घटनामा चालकको मृत्यु, २ जना घाइते

कान्तिपुर संवाददाता

विराटनगर — इलामको साँखेजुङमा भएको ट्रयाक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । २ जना घाइते भएका छन् । 

ढुंगा लिन गएको मे १ त ४१०३ नम्बर ट्रयाक्टर इलाम–साँखेजुङ भित्री सडक खण्डमा करिब ३० फिट तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा चालक योगेश मगर सिकिस्त भएका थिए । उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

ट्रयाक्टरमा रहेका निमा शेर्पा र आकाश राई घाइते भएका छन् । उनीहरुको इलाम जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।


प्रकाशित : जेष्ठ १७, २०७७ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्

हत्या आरोपमा दुईजना पक्राउ

कान्तिपुर संवाददाता

विराटनगर — एक युवकको हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको छ ।

सुनसरीको बराहक्षेत्र ३ का ३७ वर्षीय कमल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय गणेश लिम्बू र प्रदीप राजधामीलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान राई बराहक्षेत्र ३ इक्राही जमुनास्थित प्लटिङ गरिएको जग्गामा मृत फेला परेका थिए ।

टाउको र शरीरका अरु भागमा चोट भेटिएको प्रहरीले जनाएको छ । हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्यामा संलग्‍न रहेको आरोपमा पक्राउ परेका दुवैलाई सोधपुछ र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीले पहिलेको रिसइबीका कारण ती दुईजनाले राईको संवेदनशील अंगमा प्रहार गर्दै टाउकामा लठ्ठीले हिर्काएको पाइएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×