हत्या आरोपमा दुईजना पक्राउ

विराटनगर — एक युवकको हत्या गरेको आरोपमा दुईजनालाई प्रहरीले सुनसरीमा पक्राउ गरेको छ ।

हत्या आरोपमा दुईजना पक्राउ

सुनसरीको बराहक्षेत्र ३ का ३७ वर्षीय कमल राईको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले स्थानीय गणेश लिम्बू र प्रदीप राजधामीलाई पक्राउ गरेको हो ।

शुक्रबार बिहान राई बराहक्षेत्र ३ इक्राही जमुनास्थित प्लटिङ गरिएको जग्गामा मृत फेला परेका थिए ।

टाउको र शरीरका अरु भागमा चोट भेटिएको प्रहरीले जनाएको छ । हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको थियो । हत्यामा संलग्‍न रहेको आरोपमा पक्राउ परेका दुवैलाई सोधपुछ र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रहरीले पहिलेको रिसइबीका कारण ती दुईजनाले राईको संवेदनशील अंगमा प्रहार गर्दै टाउकामा लठ्ठीले हिर्काएको पाइएको जनाएको छ ।

प्रकाशित : जेष्ठ १७, २०७७ १६:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?