कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

रातभर गेट बाहिर रहेका झापाका २७ संक्रमितलाई मन्त्रीले अस्पताल भर्ना गराए

अर्जुन राजवंशी

विर्तामोड — रातभर गेट बाहिर राखिएका झापाका कोरोना संक्रमित २७ जनालाई प्रदेश १ सरकारका सामाजिक विकास मन्त्री जीवन घिमिरेले शनिबार बिहान ९ बजे अस्पतालमा भर्ना गराएका छन् ।

रातभर गेट बाहिर रहेका झापाका २७ संक्रमितलाई मन्त्रीले अस्पताल भर्ना गराए

मन्त्री घिमिरे एकाबिहानै धरान पुगेर संक्रमितहरुलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गराएका हुन् । शुक्रबार कोभिड–१९ पुष्टि भएका जिल्लाका २७ जना संक्रमितलाई गएराति ११ बजेतिर धरान पुर्‍याइएको थियो । उनीहरुलाई सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए । तर, धरानस्थित कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरु रातभर गेटबाहिरै बसेका थिए ।

जिल्लामा कोभिड संक्रमितको संख्या १ सय ७ पुगेको छ । उनीहरुमध्ये कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित २ जना उपचार पछि घर फर्किएका छन् भने १ सय ५ जना उपचाररत छन् । उनीहरुमध्ये १० जनाको विराटनगर तथा ९५ जनाको धरानस्थित कोभिड अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

झापाका २७ संक्रमित रातभर अस्पतालको गेट बाहिर

प्रकाशित : जेष्ठ १७, २०७७ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?