१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

शुक्रबार जोगबनी नाकाबाट २२४ आए, २७८ बाहिरिए

माधव घिमिरे

विराटनगर — भारतका विभिन्न स्थानबाट शुक्रबार थप २ सय २४ जना नेपाली जोबगनी नाकाबाट प्रवेश गराइएका छन् । मोरङ प्रहरीका अनुसार नेपालमा रहेका २ सय ७८ जनालाई उक्त नाका भएर भारततिर पठाइएको छ । बिहीबार भारतबाट ९५ जना नेपाली आएका थिए । बुधबार ३ सय ४ जनालाई प्रवेश गराइएको थियो । 

शुक्रबार जोगबनी नाकाबाट २२४ आए, २७८ बाहिरिए

यसैगरी नेपालमा रहेका २ सय ८ जनालाई उक्त नाका भएर भारततिर पठाइएको छ प्रहरीले जनाएको छ । बुधबार ३ सय ४ जनालाई प्रवेश गराइएको थियो । जोगबनी नाकाबाट भित्रिएकामा उत्तरपूर्वी ताप्लेजुङदेखि पश्चिमको गोर्खासम्मका व्यक्तिहरु छन् ।

नेपाल प्रवेश गराइएकाहरु कतिपयलाई सीमानजिकका ‘होल्डिङ सेन्टर’मा राखिएको छ । अन्यलाई उनीहरुको ठेगाना रहेको जिल्ला र स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ । भारतबाट भित्रने क्रम बढेपछि मोरङमा क्वारेन्टाइन र ‘होल्डिङ सेन्टर’को संख्या पनि बढाइएको छ। विभिन्न स्थानीय तहका ४३ स्थानमा बनाइएका क्वारेन्टाइनमा बस्नेको संख्या पनि बढेको छ ।

भारतबाट आएकाहरु थपिएपछि क्वारेन्टाइनमा बस्नेको संख्या शुक्रबार बढेर ७ सय ८० पुगेको छ । यसअघिका समेत गरी १ हजार ४६ जना रहेकामा २ सय ६६ जनालाई उनीहरुको ठेगाना भएको स्थानीय तहमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रदेश १ का १४ मध्ये ८ जिल्लामा संक्रमित पुष्टि भएका छन् । सबैभन्दा बढी झापामा छन् । झापाको पनि केचनाकवलमा धेरै संक्रमित पुष्टि भएका छन् । संक्रमितहरु अधिकांश भारतबाट आएका व्यक्तिहरु हुन् । केही स्थानीयमा पनि संक्रमण देखिएको छ ।

प्रकाशित : जेष्ठ १६, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?