कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

ताप्लेजुङमा हाइड्रोको सामान बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु 

आनन्द गौतम

ताप्लेजुङ — ताप्लेजुङमा निर्माणाधीन सानिमा मध्य तमोर जलविद्युत् आयोजनाको निर्माण सामग्री बोकेको ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ । आयोजनास्थल तर्फ आउँदै गरेको ना ६ ख ८२६२ नम्बरको ट्रक फुङलिङ नगरपालिका ९ हाङ्देवा कटहरेमा दुर्घटना भएको हो ।

ताप्लेजुङमा हाइड्रोको सामान बोकेको ट्रक दुर्घटना, चालकको मृत्यु 

दुर्घटनामा झापाको बाह्दसी गाउँपालिका ६ डाँगीवारिका चालक ज्ञानबहादुर तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी सख्त घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको हो ।

ट्रक सडकदेखि करिब ५० मिटर तल खसेको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी प्रहरी निरीक्षक बिष्णुबहादुर खड्काले जानकारी दिए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?