कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

आमाको हत्या गरी आत्महत्या

देवनारायण साह

मोरङ — बेलबारी नगरपालिका-४ बुधबारेमा बिहीबार एक युवाले आमालाई हत्या गरी आफूपनि आत्महत्या गरेका छन् ।

स्थानीय ३० वर्षीय जीवनबहादुर लिम्बूले आमा ५५ वर्षीया देवीकुमारीलाई हत्या गरी आत्महत्या गरेको प्रहरी उपरीक्षक विश्‍व अधिकारीले बताए ।

जीवनले देवीकुमारीको टाउको र निधारमा छुरी प्रहार गरेपछि उक्त छुरीले नै आफ्नो घाँटी र पेटमा प्रहार गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए । घाइते जीवनको सामुदायिक अस्पताल बेलबारीमा उपचारको क्रममा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ ।

घट्नाको कारण खुल्न नसकेको र इलाका प्रहरी कार्यालय बेलबारीको प्रमुख प्रहरी निरीक्षकको नेतृत्वमा खटिएको छानबिन टोली घटनास्थल पुगेर छानबिन गरिरहेको एसपी अधिकारीले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?