कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

हत्या आरोपमा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

विराटनगर — एक व्यक्तिको हत्या घटनासँग जोडिएका महानगरपालिका १८ का वडाध्यक्ष सञ्जयकुमार साहलाई अदालतले कारागार चलान गरेको छ ।

हत्या आरोपमा वडाध्यक्ष पुर्पक्षका लागि थुनामा

विराटनगर १४, जतुवाका ५५ वर्षीय शमानन्द यादवको हत्या घटनामा उनी मुछिएका थिए । हत्या घटनापछि उनी फरार थिए । बुधबार जिल्ला अदालत मोरङमा आफैं उपस्थित भएका हुन् ।

मुख्य न्यायाधीश मेदनीप्रसाद पौडेलको इजलाशले साहलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । हत्या घटनामा संलग्ना रहेको भनिएका वडाध्यक्ष साहसहित १० जना फरार थिए ।

गत वर्षको जेठ अन्तिम साता शमानन्दमाथि कुटपिट भएको थियो । विवाह विषयको विवादमा पिटिएका उनको असार २६ गते मृत्यु भएको थियो । मृतकका परिवारले वडाध्यक्ष साहसहितको नाम किटानी गरी प्रहरीमा जाहेरी दिएका थिए ।

यही घटनामा संलग्न रहेको आरोप लागेका जहदा १ का वडाध्यक्ष प्रदीचन्द्र यादव र विराटनगर १४ का दिपेश यादवलाई यसअघि नै पुर्पक्षका लागि अदालतले थुनामा पठाइसकेको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ २०:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?