कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश १ का थप चार जना डिस्चार्ज

माधव घिमिरे

विराटनगर — प्रदेश १ का थप चार जना कोरोना संक्रमित बुधबार डिस्चार्ज भएका छन् । यो सँगै डिस्चार्ज हुनेको संख्या प्रदेश १ मा ३० पुगेको छ ।

प्रदेश १ का थप चार जना डिस्चार्ज

विराटनगरस्थित कोभिड–१९ उपचार केन्द्रमा राखिएका तीन महिला र एक पुरुषलाई डिस्चार्ज गरिएको हो । उनीहरु उदयपुरका हुन् । पछिल्लो पटक गरिएको स्वाब नमुना परीक्षणमा उनीहरुमा संक्रमण नदेखिएपछि डिस्चार्ज गरिएको जनाइएको छ ।

कोभिड–१९ उपचार केन्द्रमा अब ३१ जना छन् । झापा, धनकुटा, सुनसरीलगायत जिल्लामा संक्रमित भएकाहरुलाई केन्द्रमा राखेर उपचार र हेरचाह भइरहेको प्रदेश १ सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकले बताएका छन् ।

प्रदेश १ मा बुधबार थपिएका झापाका १७ जनासहित संक्रमितको संख्या १ सय ४ पुगेको छ । प्रदेशका १४ मध्ये ७ जिल्लामा संक्रमित फेला परेका छन् । सबैभन्दा बढी झापामा ५४ जना संक्रमित पुष्टि भइसकेका छन् । संक्रमितहरु अधिकांश भारतबाट आएका व्यक्तिहरु हुन् । प्रदेशका झापासहित उदयपुर, धनकुटा, मोरङ, सुनसरी, खोटाङ र भोजपुरमा संक्रमित भेटिएका हुन् ।

पूर्वका विभिन्न नाकाबाट भारतमा रहेका नेपालीहरुलाई भित्र्याउने क्रम सुरु गरिएको छ । मंगलबारमात्र झापा र मोरङका नाकाबाट करिब १३ सयजनालाई भित्र्याइएको छ ।

भारतका विभिन्न स्थानबाट सीमानजिक आएर बसेकाहरुलाई भित्र्याइएको प्रदेश सरकारले जनाएको छ । प्रारम्भिक स्वास्थ्य जाँचपछि उनीहरुलाई विभिन्न क्वारेन्टाइन र ‘होल्डिङ सेन्टर’ मा राखिएको छ ।

प्रकाशित : जेष्ठ १४, २०७७ १६:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?