कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

दुर्घटनामा दुईजनाको मृत्यु

विराटनगर — मोरङका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

सुन्दर हरैंचा नगरपालिका ९ झरना पुलमा को ३ प ९७६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा चालक स्थानीय ३१ वर्षीय गोविन्द बजगाइँको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सिकिस्त घाइते भएका बजगाइँको उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमबार राति मृत्यु भएको थियो ।

मोरङकै केराबारी गाउँपालिका ९ को भित्री सडकमा को ३८ प १०७१ नम्बर मोटरसाइकल बाटोमा ढलेको रुखको हाँगामा ठोक्किएर दुर्घटना हुँदा चालक ३० वर्षीय विकास गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारका क्रममा विराटनगरस्थित एक अस्पतालमा राति मृत्यु भएको थियो ।

यसैबीच पौडी खेल्ने क्रममा इलामको माङसेबुङ गाउँपालिकाका एक बालकको डुबेर मृत्यु भएको छ । गाउँनजिकको देउमाइ खोलामा पौडी खेल्ने क्रममा स्थानीय १२ वर्षीय सुबी बस्नेतको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

डुबेर सिकिस्त अवस्थामा भेटेपछि स्थानीयले उद्धार गरी सदरमुकामस्थित जिल्ला अस्पतालतिर लैजाँदै गरेको अवस्थामा बाटामै मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १४:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?