१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतमा रहेका भोजपुरकालाई जिल्ला ल्याइने

एलिसा श्रेष्ठ

भोजपुर — भारतमा रहेका भोजपुरका मानिसहरुलाई  जिल्ला ल्याउनका लागि तयारी सुुरु गरिएको छ । रोजगारीलगायत विभिन्न सिलसिलामा भारतमा गइ लकडाउनका कारण अड्किएकाहरुलाई जिल्ला ल्याउन तयारी सुरु भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।  

भारतमा रहेका भोजपुरकालाई जिल्ला ल्याइने

पहिलो चरणमा नेपाल–भारतका विभिन्न नाकाहरुमा रोकिएर रहेका ४२ भोजपुरेलाई ल्याइने र उनीहरुलाई राख्नका लागि अरुण गाउँपालिका जरायोटारस्थित रानिटारमा अस्थाइ संरचना निर्माण सुरु गरिएको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी पुरीका अनुसार नेपाली सेनाले निर्माण गरिरहेको उक्त संरचना मंगलबार सम्म तयार हुने र सीमामा अलपत्र परेका सबैलाई तत्काल ल्याइने छ । अहिलेसम्म सम्पर्कमा आएका भैरहवाको सुनौली नाकामा रहेका साल्पाशिलिछो गाउँपालिकाका ७ जना र षडानन्द नगरपालिकाका ६ जना, झापाको काँकडभिट्टा नाकामा रहेका पौवादुम्मा गाउँपालिका, अरुण गाउँपालिका, आमचोक गाउँपालिकालगायत गरी ४२ जनालाई ल्याइने बताइएको छ ।

प्रकाशित : जेष्ठ १३, २०७७ १०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?