कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

संक्रमित युवकको परिवारमा संक्रमण देखिएन

सुम्निमा चाम्लिङ

इटहरी — कोरोना संक्रमण पुष्टि भएका इटहरी उपमहानगरपालिकाका एक युवकका परिवारसहित सम्पर्कमा आएका सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ ।

इटहरी उपमहानगरपालिका वडा २ घर भएका संक्रमित युवकको परिवारका सदस्य र छिमेकी सहित २० जनाको रिपोर्ट नेगेटिभ आएको हो ।

इटहरी उपमहानगरपालिकाको स्वास्थ्य शाखा र इटहरी अस्पतालले चार दिनअघि तीनजना आफन्त, ११ जना स्वास्थ्यकर्मी गरी २० जनाको स्वाब संकलन गरी कोसी अस्पताल विराटनगर पठाइएको थियो ।

संक्रमित पुष्टि भए लगतै नगर स्तरीय सुरक्षा बैठकले वडा नम्बर २ र ३ सिल गर्ने निर्णय गरेको थियो । इटहरी अस्पतालका आकस्मिक विभाग प्रमुख रामकुमार धमलाले स्वाब संकलन गरिएको सबैको रिर्पोट नेगेटिभ आएको बताए ।

संक्रमित युवा इटहरीस्थित मामाको घरमा बस्दै आएका थिए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?