कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

इटहरीमा अत्यावश्यक वस्तुका पसल खोल्ने निर्णय

सुम्निमा चाम्लिङ

इटहरी — पाँच दिनदेखि बन्द रहेका इटहरी उपमहानगरका अत्यावश्यक वस्तुका पसल सोमबारबाट खुला गरिएको छ । जेठ ६ गते इटहरी–२ का १८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि भएपछि सतर्कता बढाइएको थियो ।

त्यस क्रममा औषधिबाहेक अन्यका पसल बन्द गरिएको थियो । ती युवकसँग प्रत्यक्ष सम्पर्कमा रहेका २० जनाको पीसीआर रिपोर्ट शनिबार नेगेटिभ आएपछि नगरक्षेत्र केही खुला गरिएको हो ।

उक्त वडा र आसपासका पसलहरु सञ्चालनमा आएका छन् । नगरका जनप्रतिनिधि, प्रहरी र उद्योग वाणिज्य संघको सहभागितामा बसेको बैठकले पसल खोल्ने निर्णय गरेको हो ।

तोकिएको समयमा खरिदबिक्री गर्दा सामाजिक दूरी कायम गर्नुपर्ने गरी बिहान ६ देखि १० बजेसम्म पसल खोल्न पाइने जनाइएको छ । साथै, नगरस्तरीय सुरक्षा बैठकले वडा २ र ३ मा सिल गरेर आउजाउमा प्रतिबन्ध लगाइएकामा सोमबारबाट केही खुला गरिएको २ नम्बर वडाध्यक्ष हर्कबहादुर मगरले बताए ।

प्रकाशित : जेष्ठ १२, २०७७ १३:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?