२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

उदयपुरमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या 

डिल्लीराम खतिवडा

उदयपुर — रौतामाई गाउँपालिका– ८ झिरुडाँडामा सोमबार बिहान एक जनाले धारिलो हतियार प्रहार गरी आफनै श्रीमतीको हत्या गरेका छन्। 

स्थानीय ५२ वर्षीय विष्णु तामाङले मादक पर्दाथ सेवन गरी ४३ वर्षीया श्रीमती नेप्टिमाया भनिने दिलमाया तामाङको हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । विष्णुले धारिलो हतियार प्रहार गरी दिलमायाको हत्या गरेको भनेर स्थानीयले जनाकारी गराएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगले बताए ।

हत्यामा संलग्न रहेका विष्णुलाई नियन्त्रणमा लिइएको प्रहरी उपरीक्षक बुढामगरले बताए । घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थलतर्फ गएको उनले वताए ।


प्रकाशित : जेष्ठ १२, २०७७ १३:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?