कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बढी मूल्यमा मल बिक्री गर्ने पसल सिल

एलिसा श्रेष्ठ

भोजपुर — बजार मूल्यभन्दा बढीमा मल बिक्री गर्ने अरुण गाउँपालिका-६ भोर्लाबोटेका भद्रमान भुजेलको किराना पसल सिल गरिएको छ । प्रतिबोरा ७ सय ८५ रुपैयाँ पर्ने युरिया मल २ हजारमा बिक्री गरेको खुलेपछि जिल्ला प्रशासन कार्यालयले पसल सिल गरेको हो ।

बढी मूल्यमा मल बिक्री गर्ने पसल सिल

अनधिकृत खरिद गरेर महँगोमा किसानलाई बेचेको कुरा खुलेपछि बाँकी मल जफत गरिएको प्रमुख जिल्ला अधिकारी बसन्तराज पुरीले बताए । ‘उक्त मल कहाँबाट ल्याइएको भन्ने पत्ता लगाउन तीन जनाको छानबिन समिति गठन गरिएको छ,' उनले भने, 'समितिले ७ दिनभित्रमा प्रतिवेदन बुझाउनेछ ।’ छानबिन समितिमा सहायक प्रजिअ कृष्णप्रसाद बस्नेत, जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर पाण्डव राजवंशी र कृषि ज्ञानकेन्द्र भोजपुरका कृषि प्रसार विभाग अधिकृत अनिश सुवेदी रहेका छन् ।

६० बोरा मलमध्ये २० बोरा बिक्री गरिसकेकाले बाँकी मल मात्र सिल गर्न सकिएको प्रहरी चौकी जरायोटारका इन्चार्ज भलबहादुर राईले बताए ।

हुलाकका कर्मचारीसमेत रहेका भुजेलले इन्जिनमा समस्या आएपछि रोकिएको ट्रकबाट प्रतिबोरा १८ सयले खरिद गरेर राखेको बताएका छन् । प्रतिबोरा २ हजारले बेचेको उनले स्विकारेका छन् ।

प्रकाशित : जेष्ठ ११, २०७७ १६:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?