कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

झापामा भारतबाट आएकालाई राख्न पालिकाबीच भागबन्डा

यसरी भित्रिएकाहरूमध्ये नगरपालिकाले डेढ सय र गाउँपालिकाले सय जनाका दरले व्यवस्थापन गरिरहेका छन्
पर्वत पोर्तेल

काँकडभिट्टा — कोरोना संक्रमणसँगै भारतमा लकडाउनका कारण अलपत्र नेपालीहरू जिल्ला फर्कने क्रम जारी छ । यसरी आएकालाई व्यवस्थापनका लागि झापाका पालिकाहरूले भागबन्डा गरेका छन् ।

झापामा भारतबाट आएकालाई राख्न पालिकाबीच भागबन्डा

नगरले डेढ सय र गाउँपालिकाले सय जनाका दरले राख्ने निर्णय भएको छ ।

झापाको पूर्वी र अन्य वैकल्पिक नाकाबाट लुकीछिपी भित्रनेहरूलाई सीमाका सुरक्षाकर्मीले पक्राउ गरी होल्डिङ तथा क्वारेन्टाइन क्षेत्रमा लगेर बुझाउँदै आएका छन् । सम्बन्धित पालिकाहरूले ती नेपालीको सम्पूर्ण व्यवस्थापकीय जिम्मेवारी लिएको कोरोना विपद् व्यवस्थापन समितिका संयोजक प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

‘अधिकांश पालिकाले भारतबाट आएका आफ्नो वडाका बासिन्दालाई होल्डिङ सेन्टर र क्वारेन्टाइनमा राखेका छन्,’ उनले भने, ‘खाने, बस्ने र स्वास्थ्य जाँचको जिम्मेवारी सम्बन्धित पालिकाले नै लिनेछन् ।’

प्रजिअ रानाका अनुसार बाहिरी जिल्लाका नागरिकलाई भने विपद् व्यवस्थापन समितिले व्यवस्थापन गर्दै आएको छ । झापाका विभिन्न नाकाबाट सोमबारयता हजारभन्दा बढी भित्रिसकेका छन् । केहीलाई आरडीटी गरेर सम्बन्धित जिल्ला पठाइएको छ ।

मेचीपारि भारतका विभिन्न सहरमा अझै दुई हजारभन्दा बढी नेपाली स्वदेश छिर्ने पर्खाइमा रहेको बताइएको छ । ‘सबैलाई एकैचोटि प्रवेश दिँदा व्यवस्थापनमा समस्या हुने देखियो’, मेचीनगरका मेयर विमल आचार्यले भने, ‘भारतबाट आउने नेपालीलाई प्रवेश गराउने हाम्रो दायित्व हो, सबैलाई क्रमशः प्रवेश गराएर व्यवस्थापन गर्नेछौं ।’

प्रकाशित : जेष्ठ ११, २०७७ १३:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?