कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हेलिकप्टरबाट सुत्केरीको उद्धार

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी नगरपालिका ६ की सुत्केरी गंगा कार्कीलाई थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर शुक्रबार काठमाडौं लगिएको छ । बच्चा गुमाएकी ३२ वर्षीया कार्कीलाई सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको हो । 

हेलिकप्टरबाट सुत्केरीको उद्धार

जिल्ला अस्पतालमा कार्कीको उपचार हुन नसकेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद दुलालले बताए । उनका अनुसार कार्कीको थापाथली प्रसूति गृहमा उपचार हुनेछ ।

सुत्केरी व्यथाले च्यापेपछि कार्की गएको चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना भएकी थिइन् । त्यहाँ प्रसूति हुन नसकेपछि विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो । त्यहाँ मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । नोबेलमा उनका परिवारले २ लाख बढी खर्च गरेका थिए । अस्पतालमा शुल्क तिर्न नसकेपछि कार्कीलाई परिवारले घर फर्काएको थियो । फेरि बिरामी परेपछि जिल्ला अस्पतालमा भर्ना गरिएको थियो ।

सुत्केरी अवस्थामा रहेकी कार्कीको अवस्था अत्यन्तै नाजुक छ । पारिवारिक स्रोतका अनुसार उनको शरीरमा रगतको मात्रा कमी रहेको चिकित्सकले बताएका छन् ।

प्रकाशित : जेष्ठ ९, २०७७ १८:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?