कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

स्वास्थ्य सामग्री बुझ्न टिप्ताला गएको टोली रित्तै फर्कियो

आनन्द गौतम

ताप्लेजुङ — पिपुल रिपब्लिक अफ चाइनाले दिने कोरोना संक्रमणविरुद्धको स्वास्थ्य सामग्री बुझ्न गएको टोली रित्तै फर्किएको छ । सीमा क्षेत्रमा भएको हिमपात र चीनबाट सामान आउन ३ दिन ढिला हुने भएपछि शुक्रबार बिहान टोली फर्किएको हो । 

स्वास्थ्य सामग्री बुझ्न टिप्ताला गएको टोली रित्तै फर्कियो

सामान बुझ्नका लागि सहायक प्रमुख जिल्ला अधिकारी केशव खतिवडा नेतृत्वको टोली सोमबार त्यसतर्फ गएको थियो । मंगलबार पुगेको टोली बुधबार र बिहीबार बसेर फर्किएको हो । चीनले सामान बुझ्नका लागि जिल्लाका सरकारी अधिकारी आइदिन गरेको आग्रह अनुसार जिल्ला प्रशासन कार्यालयले सहायक प्रजिअ नेतृत्वको टोली पठाएको हो ।

सामानका लागि सहजीकरण गरेका फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङका अनुसार चीनले मौसममा सुधार भए केही दिनमै सिमानासम्म ल्याइदिने बताएका छन् । फक्ताङलुङ गाउँपालिका–७ को वडालाई बुझाउने र वडामार्फत जिल्ला सदरमुकाम पुर्‍याउने छेतेनले बताए ।

चीनले यसअघि सिमावर्ती ओलाङचुङगोला र याङमाका बासिन्दाका लागि स्वास्थ्य र खाद्य सामग्री सहयोग गरेको थियो । सहयोग गरिएका ती सामानसमेत टिप्ताला भञ्ज्याङमै रहेको छ । हिउँका कारण सामान गोलासम्म ल्याउन नसकिएको र सिमानामै रहेको वडाध्यक्ष छेतेन शेर्पा भोटेले बताए । आफूहरु मौसम सुधारको पर्खाइमा रहेको उनले बताए । यहाँ चीनले बनाएको सिमाना नजिकैको एउटा भवनमा सामान राखिएको छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?