बलात्कार आरोपमा युवा नेता पक्राउ

प्रदीप मेन्याङ्बो

सुनसरी — समाजवादी जनता पार्टीसम्बद्ध युवा संगठनका प्रदेश १ अध्यक्ष श्री सुब्बा बलात्कार आरोपमा पक्राउ परेका छन् । ८ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको उजुरी परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

बलात्कार आरोपमा युवा नेता पक्राउ

इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक ढुण्डीराज न्यौपानेका अनुसार १० दिनदेखि बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले किटानी जाहेरी दिएकी छन् । सुब्बाविरुद्ध उनकै परिवारभित्रकै सदस्यले उजुरी दिएका हुन् । आरोप प्रमाणित भएमा हाडनाता करणीको मुद्दा लाग्ने भएको छ ।

‘बालिकाकी आमाको उजुरी र बालिकाको बयानका आधारमा पक्राउ गरिएको हो,ु उनले भने, ुबलात्कार प्रमाणित भए १० वर्षभन्दा कम उमेरकी बालिकालाई करणी गरेकोमा जन्मकैदको सजाय हुने व्यवस्था छ ।’

विवादित छविका ४० वर्षीय सुब्बालाई इलाका प्रहरी कार्यालय धरानको हिरासतमा राखिएको छ भने बालिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य जाँच गरिएको छ ।

उजुरीपछि सुब्बा लुक्दै बसेका थिए । उनी धरानमा गुण्डागर्दीका कारण पटकपटक हिरासत र जेल पर्दै आएका छन् ।

आरोपित सुब्बा र उनका दाजुभाइबीच पहिलेदेखि नै पारिवारिक खटपट भएकाले फसाउन खोजिएको समाजवादी जनता पार्टीका स्थानीय एक नेताले बताए ।

यसैगरी, प्रहरीले धरान(१७ बस्ने १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा धरान–९ आचार्य लाइन बस्ने १९ वर्षीय उमेश ठटाललाई पनि पक्राउ गरेको छ । विवाह गर्ने भन्दै उनले पटकपटक बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ ।

प्रकाशित : जेष्ठ ९, २०७७ १४:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?