पौडी खेल्दा बगाएका युवा मृत भेटिए

एलिसा श्रेष्ठ

भोजपुर — आमचोक गाउँपालिका ९ माझखानीका अशोक श्रेष्ठ मृत भेटिएका छन् । २१ वर्षीय श्रेष्ठलाई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएको थियो । 

मृतक श्रेष्ठ दूधकोसी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाई आमचोक गाउँपालिका ९ माझखानीस्थित बगरमा भेटिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर लगिने भएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७७ १६:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?