१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

अनुमतिबिना गाउँपालिका प्रवेश गर्नेलाई पाँच हजार जरिवाना

कुम्भराज राई

ओखलढुंगा — सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाले बिनापास गाउँपालिका प्रवेश गर्नेलाई जरिवाना गर्ने निर्णय गरेको छ । यदि कोही व्यक्ति लुकिछिपी गाउँपालिका क्षेत्र प्रवेश गरेमा ५ हजार जरिवानासहित जहाँबाट आएको त्यहीँ फर्काइदिने निर्णय गाउँपालिकाले गरेको हो ।

अनुमतिबिना गाउँपालिका प्रवेश गर्नेलाई पाँच हजार जरिवाना

विशेष अनुमतिबिना सबैलाई गाउँपालिका प्रवेश निषेध गरिएकोले नियमको उल्लघंन गर्नेलाई जरिवाना गरिने सूचनासमेत जारी गरेको छ । त्यसैगरी यसरी लुकिछिपि प्रवेश गर्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई नाम गोप्य राखी पुरस्कृतसमेत गरिने गाउँपालिकाले जनाएको छ ।

कोरोना संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले बताइन् । हालसम्म सोलुखुम्बु जिल्लामा कोरोना संक्रमण देखिएको छैन ।

प्रकाशित : जेष्ठ ८, २०७७ १०:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?