झापामा कोरोना परीक्षण किट सकिँदै

अर्जुन राजवंशी

बिर्तामोड — झापामा कोभिड–१९ का बिरामी बढिरहँदा परीक्षण किट भने सकिन लागेको छ । आजै थप किट नआए भोलिदेखि परीक्षण रोकिने अवस्था रहेकाे जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । 

झापामा कोरोना परीक्षण किट सकिँदै

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार बिहानसम्म जिल्लामा कोभिड संक्रमितको संख्या २७ पुगेको छ । कचनकवल गाउँपालिकामा मात्र २५ संक्रमित छन् । दमक नगरपालिका र बाह्रदशी गाउँपालिकामा संक्रमण पुष्टि भएका दुई जना निको भएर घर फर्किसकेका छन् ।

स्वास्थ्य कार्यालयका फोकल पर्सन जीवन चम्लागाईंका अनुसार बुधबारसम्म जिल्लामा २ हजार ५ जनाको कोभिड परीक्षण गरिएको छ । जसमा १ हजार ४ सयमा आरडीटी र ६ सय ५ जनाको पीसीआर परीक्षण गरिएको हो । ‘अब केही थान मात्र किट छन् । आज भद्रपुर र झापा गाउँपालिकाको क्वारेन्टाइनमा बसेकाहरूलाई परीक्षण गर्ने तयारी गरेका छौं,’ उनले भने, ‘त्यसपछि पीसीआरका लागि भीटीएम र आरडीटी किट सबै सकिन्छ । भोलिदेखि परीक्षण रोकिन सक्छ ।’

प्रकाशित : जेष्ठ ८, २०७७ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?