कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

संक्रमितलाई विराटनगरस्थित कोभिड अस्पताल लैजाने तयारी

धनकुटा — धनकुटामा थप पाँच जनालाई कोरोना संक्रमण देखिएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मंगलबार गरिएको परिक्षणमा तीन स्वास्थ्यकर्मी, एक स्वास्थ्यकर्मीका श्रीमान् र एक प्रहरी गरी ५ जनामा संक्रमण पुष्टी भएको हो । उनीहरुको उमेर २८ देखि ३७ वर्षसम्मको छ ।

धनकुटामा थप ५ जनामा कोरोना संक्रमण

स्वाबको नमुना लिइएपछि नै उनीहरुलाई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा राखिएको मेडिकल सुपरिटेन्डेन्ट डा.पुजन विश्वकर्माले जानकारी दिए ।

जिल्ला अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मीमा आइतबार कोरोना संक्रमण पुष्टि भएपछि सोमबार ८३ जनाको परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । जसमध्ये ६७ जनाको परीक्षण गर्दा ५ नयाँ संक्रमित पुष्टि भएको मेसु विश्वकर्माले जानकारी दिए । रिपोर्ट आउन बाँकी १६ जनालाई धनकुटा-६ आत्मारामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले जानकारी दिए ।

यसैबीच कोरोना भाइरस संक्रमित पुष्टि भएका संक्रमितहरुलाई विराटनगरस्थित कोरोना विशेष अस्पतालमा लैजाने तयारी गरिएको छ । संकट व्यवस्थापन समितिको आकस्मिक बैठकले संक्रमित सबैलाई विराटनगर लैजाने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी विमलीले जानकारी दिए ।

संक्रमित सबै अस्पतालको इमर्जेन्सी र इन्डोरका स्वास्थ्यकर्मी रहेका छन् ।

प्रकाशित : जेष्ठ ७, २०७७ १४:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?