१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

लडेर दुई जनाको मृत्यु

विराटनगर — सुनसरी र पाँचथरमा भएका बेग्लाबेग्लै घटनामा लडेर दुईजनाको मृत्यु भएको छ ।

सुनसरीको हरिनगरा गाउँपालिका–२ का ४० वर्षीय पवन गुप्ताको ट्रकबाट लडेर मृत्यु भएको छ । घुस्की बजारमा को १ ख ७९०० नम्बरको ट्रकबाट मल झार्ने क्रममा लडेर घाइते उनी घाइते भएका थिए । उपचारका लागि लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

पाँचथरको मिक्लाजुङ गाउँपालिका–२ का ३९ वर्षीय अमृतप्रसाद राईको बाँस काट्ने क्रममा लडेर मृत्यु भएको छ । घर नजिकै रहेको बाँस झ्याङमा बाँस काट्ने क्रममा लडेर घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : जेष्ठ ७, २०७७ १३:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?