धनकुटाका एम्बुलेन्स चालकले बिरामी बोक्न मानेनन्

धनकुटाबाट अन्यत्र पठाइएका बिरामीलाई पनि अस्पतालहरुले भर्ना लिन इन्कार गरेका छन् ।

धनकुटा — एम्बुलेन्स अभाव भएपछि धनकुटाका बिरामीले सास्ती खेप्नुपरेको छ । यसअघि ११ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको भनिए पनि सोमबार एम्बुलेन्स चालकले बिरामी बोक्न नमानेको बिरामीका आफन्तले गुनासो गरेका छन् । 

एम्बुलेन्सले बिरामी नबोकेको गुनासो आएको प्रदेश १ का सांसद कुसुम श्रेष्ठले बताइन् । यस्तै, धनकुटाबाट अन्यत्र पठाइएका बिरामीलाई अस्पतालहरुले भर्ना लिन इन्कार गरेका छन् । धनकुटाबाट सुत्केरी गराउन धरान पठाइएकी महिलालाई भर्ना नलिएपछि आफन्तले अन्यत्र लगेको बताए ।

खोप प्रभावित

चौबिसे गाउँपालिकामा स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गरिनुपर्ने माग राखेका छन् । त्यहाँ सञ्चालित नियमित खोप कार्यसमेत प्रभावित बनेको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले बताए ।

प्रकाशित : जेष्ठ ६, २०७७ १५:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?