कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

बीपी प्रतिष्ठानको ओपीडी पनि सञ्चालनमा

सुनसरी — लकडाउनका कारण आकस्मिक र भर्ना भएका बिरामीको उपचार बाहेकका सेवा बन्द भएको  धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ओपीडी सेवा मंगलबारदेखि खुलेको छ । कोरोना भाइरस संक्रमण नभएका बिरामीलाई पनि उपचार सेवा दिनुपर्ने भएकोले ओपीडी सेवा पुन सञ्चालनमा ल्याएको प्रतिष्ठानले जनाएको छ । 

बीपी प्रतिष्ठानको ओपीडी पनि सञ्चालनमा

प्रतिष्ठानका उपकुलपति प्रा.डा. ज्ञानेन्द्र गिरिले भने, ‘स्वास्थ्य मन्त्रालयकै निर्देशन अनुसार प्रतिष्ठानको ओपीडी सेवा सुरु गरेका हौं । कोरोना जोखिम वा संक्रमण फैलन नदिन पूर्ण सुरक्षा अपनाएर ओपिडी सेवा सुरु भएको हो ।’

उनले ओपिडी सेवा पुन सञ्चालनका लागि प्रतिष्ठानका सबै विभागीय प्रमुख, कार्यकारिणी समिति र व्यवस्थापन पक्षसँग व्यापक छलफल गरेर ओपीडी सेवालाई निरन्तरता दिने निष्कर्ष निकालिएको बताए । उनले भने, ‘ओपीडीमा आएका बिरामी उपचार गर्ने चिकित्सक, नर्स र सेवाग्राहीका लागि प्रोटोकल बनाएका छौं । सोही प्रोटाकल अनुसार चिकित्सक–नर्सहरुले सेवा दिने छन् ।’

प्रोटोकल अनुसार प्रतिष्ठानभित्र प्रवेश नगर्दै मुख्य प्रवेशद्वारमै इनफ्रारेड थर्माेमिटरले बिरामीको तापक्रम मापन गर्ने, ज्वरो आएनआएको पहिचान गरेपछि बिरामीले भनेको लक्षणको आधारमा टोकन दिएर सम्बन्धित ओपिडी कक्षमा पठाउने प्रावधान राखिएको अस्पताल निर्देशक प्रा.डा. गौरीशंकर साहले बताए । उनका अनुसार प्रतिष्ठानको मुख्यप्रवेशद्धारमा खट्ने र ओपिडीमा खट्ने स्वास्थ्यकर्मीहरुले व्यक्तिगत सुरक्षा सामाग्री लगाएर मात्र बिरामी हेर्ने छन् ।

उपचारका लागि आएका बिरामीलाई प्रवेशद्वारमै ओपीडीको पुर्जी दिइने र एक बिरामीका लागि एक कुरुवामात्र छिर्न पाउने व्यवस्था गरिएको छ । आउने बिरामी र कुरुवाले मास्क अनिवार्य लगाएको हुनु पर्ने पनि प्रावधान राखिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ १३:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?