कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

बीपी प्रतिष्ठानको स्त्री तथा प्रसूति विभाग खुल्यो

प्रदीप मेन्याङ्बो

धरान — कोभिड–१९ संक्रमित स्वास्थ्यकर्मी धनकुटा जिल्ला अस्पतालबाट रिफर गरेको बिरामी भर्ना भएपछि सिल गरिएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसूति विभाग मंगलबार बिहानदेखि खुलेको छ ।

बीपी प्रतिष्ठानको स्त्री तथा प्रसूति विभाग खुल्यो

प्रसूति विभागका प्रमुख प्रा.डा. मोहनचन्द्र रेग्मीका अनुसार प्रसूति विभागमा भर्ना भएकी धनकुटाकी ती सुत्केरी महिलाको पीसीआर रिपोर्ट नगेटिभ आएकाले प्रसूति विभागमा गरिएको सिल खोलिएको हो ।

प्रतिष्ठानको माइक्रोबायोलोजी विभागको प्रयोगशालाले पीसीआर रिपोर्ट नेगेटिभ भएको राति १२ बजे अगाडि नै दिएको थियो । रेग्मीले भने, ‘ती महिलाको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि १२ बजेदेखि नै प्रसूति विभागलाई सञ्चालनमा ल्याइएका छौं ।’ प्रतिष्ठानको प्रसूति विभागमा दैनिक ४० जनाभन्दा बढी गर्भवती प्रसूतिका लागि भर्ना हुने र कतिपयको शल्यक्रिया हुने गरेको छ ।

प्रतिष्ठानले ती महिलाको पोजिटिभ रिपोर्ट आउन सक्ने सम्भावनालाई ख्याल गर्दै सर्तकता अपनाउन ९० जना महिला भर्ना भएको प्रसूति विभाग सिल गरेर नयाँ भर्ना नलिने र भएकालाई डिस्चार्ज पनि नदिने निर्णय गरिएको थियो ।

प्रकाशित : जेष्ठ ६, २०७७ १०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?