१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४७

झापाका संक्रमित युवक ११ जनाको टोलीसँग मुम्बईबाट आएका थिए

पर्वत पाेर्तेल

काँकडभिट्टा — कचनकवल–६ बनियानीका २३ वर्षीय  कोरोना संक्रमित पुरुष गत शनिबार साँझ ११ जनाको समूहमा नेपाल प्रवेश गरेका थिए । सोमबार साँझ धुलिखेल प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको थियो ।

झापाका संक्रमित युवक ११ जनाको टोलीसँग मुम्बईबाट आएका थिए

भारतको मुम्बईबाट रेल चढेर आएका उनीहरु बिहारको किसानगञ्जमा ओर्लिएको र कचनकवलको पाठामारी नाकाबाट उनीसहितको टोली नेपाल प्रवेश गरेको थियो । त्यो नाकाबाट शनिबार जम्मा ३३ जना नेपाल प्रवेश गरेका थिए । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले स्थानीय प्रहरी र जनप्रतिनिधिहरुको समन्वयमा उनीहरुलाई नेपाल प्रवेश गर्न दिइएको थियो । आलमका अनुसार सबैलाई सोझै क्वारेन्टाइनमा राखिएको थियो ।

‘उनीहरु कोही पनि घर जान पाएका छैनन्’, अध्यक्ष आलमले भने, ‘सोझै क्वारेन्टाइनमाा लगिएको थियो ।’ आलमका अनुसार भारतमा अलपत्र नेपालीलाई प्रवेश गराएर राख्न कचनकवलमा दुई वटा क्वारेन्टाइन छ । पथरिया मावि र लक्ष्मी माविमा क्वारेन्टाइनमा हाल करिब ९० जनालाई राखिएको छ ।

आलमका अनुसार संक्रमित युवासँगै आएका ११ जनासहित क्वारेन्टाइनमा रहेका ३६ जनाको स्वाब टेस्टका लागि कोसी अञ्चल अस्पताल विराटनगर पठाइएको छ । संक्रमित युवालाई थप उपचारका लागि कोभिड अस्पताल विराटनगर पठाइसकिएको छ ।

प्रकाशित : जेष्ठ ६, २०७७ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?