धनकुटा अस्पतालका एक सय जनाको स्वाब संकलन

जिल्ला अस्पताल धनकुटाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको छ ।

धनकुटा — जिल्ला अस्पताल धनकुटामा एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि सोमबार एक सय जनाको स्वाब संकलन गरी परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। 

धनकुटा अस्पतालका एक सय जनाको स्वाब संकलन

स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालमा कार्यरत एक सय कर्मचारी तथा स्वास्थ्यकर्मीको स्वाब पठाइएको हो । जिल्ला अस्पतालमा कार्यरत नर्सको सोमबार संक्रमण पुष्टि भएको थियो । उनीसँगै कार्यरत सहकर्मी पनि उच्च जोखिममा रहेकोले स्वाब परीक्षणका लागि पठाइएको स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाईंले बताए ।

प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहित धनकुटा पुगेको स्वास्थ्यकर्मी प्राविधिकको टोलीले स्वाब संकलन गरेको थियो । संकलित स्वाबको नतिजा मंगलबार आउने जनाइएको छ ।

प्रकाशित : जेष्ठ ५, २०७७ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?