३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

संक्रमित पत्रकारले प्रयोग गरेको मास्क आफन्तले पनि लगाएका थिए

उदयपुरमा कोरोना पुष्टि भएका पत्रकारले लगाउने एन९५ मास्क मामाका छोराछोरीले लगाएर फोटोसमेत खिचेको पाइएको छ ।
डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरमा कोरोना संक्रमण पुष्टि भएका पत्रकारले प्रयोग गर्दै आएको एन ९५ मास्क अन्यले पनि प्रयोग गरेको पाइएको छ ।

संक्रमित पत्रकारले प्रयोग गरेको मास्क आफन्तले पनि लगाएका थिए

संक्रमित ती पत्रकार त्रियुगा नगरपालिका-१०स्थित मामाघरमा आउजाउ गर्थे । संक्रमित पत्रकारका मामाले भने, 'संक्रमण पुष्टि हुनु केही दिनअघि खाना खाएर छुट्टै कोठामा सुतेर बिहानै उठेर गएका थिए ।'

एक दिन मामाघर जाँदा संक्रमित युवकले एन९५ मास्क प्रयोग गरेका थिए । सो मास्क राम्रो देखेपछि मामाका छोराछोरीले लगाएर फोटो खिचेका थिए । ‘भान्जाले नै सेनिटाइजर लिएर आउँथे,’ मामाले भने, ‘उनले प्रयोग गरेको मास्क लगाएर छोराले फोटो खिचेछ ।’

गाईघाट बजारमा बस्दै आएका उनको घलेटोलमा बाक्लै आउजाउ हुने गरेको पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए ।

कोरोना संक्रमण फैलिएको भुल्केबाट उनी नियमित रिपोर्टिङ गरिरहेका थिए । उनीसहित उदययपुरमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । त्यसमध्ये १५ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

संक्रमित पत्रकारको कोरोना उपचार केन्द्र विराटनगरमा उपचार भइरहेको छ । उनलाई अहिलेसम्म कुनै लक्षण देखापरेको छैन । संक्रमितको सम्पर्कमा जिल्लाका चार दर्जन सञ्चारकर्मी , राजनीतिक दलका नेता, जनप्रतिनिधि, अधिकारकर्मीसमेत रहेको ट्रेसिङबाट खुलेको छ ।

पहिलेपटक वैशाख ५ गते भुल्केको नूरी मस्जिदमा बस्दै आएका १२ जमातीमा कोरोना पोजिटिभ देखिएको थियो ।

प्रकाशित : जेष्ठ ५, २०७७ १९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?