३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

उदयपुरका नेकपा अध्यक्ष आइसोलेसनमा 

डिल्लीराम खतिवडा

उदयपुर — उदयपुरका नेकपा अध्यक्ष विनोद कटुवाल आइतबार बिहानदेखि कटारी अस्पतालको आइसोलेसनमा भर्ना भएका छन् । कोरोना संक्रमित पत्रकारको सम्पर्कमा रहेका अध्यक्ष कटुवाल आफै अस्पतालको आइसोलेसनमा गएका हुन् । 

अध्यक्ष कटुवाल शुक्रबार कोरोना पुष्टि भएका २५ वर्षीय पत्रकारसँग सम्पर्कमा थिए । संक्रमित पत्रकार र अध्यक्ष कटुवाल सदरमुकाम गाईघाटमा एउटै घरमा बस्दै आएका थिए । अध्यक्ष कटुवाल र पत्रकारले भान्सासमेत एउटै प्रयोग गरेका थिए ।

‘कोरोना संक्रमित पत्रकार भाइसँग सम्पर्कमा थिएँ ।,’ अध्यक्ष कटुवालले भने, ‘एउटै घरमा बसेको र घुलमिलसमेत भएकोले आफै अस्पतालको आइसोलेसनमा आएँ ।’ घरमा बस्दा परिवार र समाजका अन्य सदस्यलाईसमेत समस्या हुने देखेर नै अस्पतालको आइसोलेसनमा आएको उनले बताए ।

कटारी नगरपालिका– २ गुँरास अस्पतालको आइसोलेसनमा भर्ना भएको अस्पतालका सूचना अधिकारी इसराइल राइले बताए । अध्यक्ष कटुवाल अब चिकित्सको प्रत्यक्ष निगरानीमा अस्पतालको आइसोलेसनमै रहने उनले बताए । त्यसैगरी संक्रमित पत्रकारसँगै सम्र्पकमा रहेका दुईमध्ये एक उदयपुर जिल्ला अस्पतालको आइसोलेसन र अर्का क्वारेन्टाइनमा राखिएका छन् । संक्रमित पत्रकारको कोडिभ–१९ अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।

संक्रमित पत्रकारसँग जिल्ला समन्वय समिति उदयपुरका संयोजक खडग परियार, अधिकारकर्मी, अन्य पत्रकारहरु लगायत दजनांै सम्र्पकमा रहेका खुलेको छ । उनीहरुको ट्ेरसिङ गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

पत्रकारमा संक्रमण देखिएसँगै त्रियुगा नगरपालिका– ३ भुल्के बाहिर गाईघाट बजारमा कोरोन संक्रमित भेटिएको छ । भुल्केबाट नियमित रिपोर्टिङ गरिरहेका २५ वर्षीय पत्रकार संक्रमित भएसँगै गाईघाट बजारमा पहिलोपटक संक्रमण देखिएको हो । ती पत्रकारलाई शुक्रबार कोरोना पुष्टि भएको हो । उनीसहित उदययपुरमा कोरोना संक्रमितको संख्या ३३ पुगेको छ । त्यसमध्ये १५ जना उपचारपछि डिस्र्चाज भइसकेका छन् । पहिलोपटक वैशाख ५ गते भुल्केको नूरी मस्जिदमा बस्दै आएका १२ जमातीमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि क्रमश: थपिदै शुक्रबारसम्म ३३ पुगेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले बताए ।

प्रकाशित : जेष्ठ ४, २०७७ १४:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?