३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

वडाध्यक्षलाई खुकुरी हान्‍ने पक्राउ

दीपेन्द्र शाक्य

स‌ंखुवासभा — खाँदबारी नगरपालिका–५ का कार्यवाहक वडाध्यक्ष श्यामप्रसाद निरौलामाथि खुकुरी प्रहार गर्ने युवा पक्राउ परेका छन् । शुक्रबार राति ८ बजे वडा कार्यालय नजिकै निरौलामाथि स्थानीय बीरबहादुर तामाङले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए । 

वडाध्यक्षलाई खुकुरी हान्‍ने पक्राउ

खुकुरी प्रहार गर्ने युवा तामाङलाई गाउँलेहरुले समातेर जिल्ला प्रहरी कार्यालय संखुवासभामा बुझाएको छ । अहिले निरौलाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको छ । पछाडिबाट खुकुरी प्रहार गरिएका निरौलाको टाउकोमा १० टााका लगाईएको छ । घाइते उनी खतरामुक्त रहेको जिल्ला अस्पताल खाादबारीले जनाएको छ । निरौला नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष समेत हुन् ।

कार्यवाहक अध्यक्षमाथि के कति कारणले आक्रमण भएको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?