कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

शुक्रबारे बजारमा दुई घर जले

विप्लव भट्टराई

इलाम — इलामको माईजोगमाई गाउँपालिका–३ स्थित नामसालिङको शुक्रबारे बजारमा सोमबार राति आगलागी हुँदा दुई घर जलेका छन् । आगलागी नियन्त्रण गर्ने क्रममा एउटा घर भत्काइएको छ ।

स्थानीय मांगेलाल गर्ग र छत्रकुमारी दर्जीका घर जलेका हुन् । आगो नियन्त्रणमा लिने क्रममा रुक्मिणी प्रधानको घर भत्काइएको छ ।

राति करिब १० बजे सुरु भएको आगो बिहान ३ बजे मात्र नियन्त्रणमा आएको थियो । स्थानीय र प्रहरीले आगो नियन्त्रणमा लिएका थिए । आगलागीमा ७० लाखभन्दा बढीको क्षति भएको प्रहरीको अनुमान छ । जिल्लाकै पुरानो यो बजारमा काठ र ढुङ्गामाटोले बनेका घर छन् । गर्गको घरबाट आगो सल्किएको स्थानीयले बताए पनि खास कारण खुल्न सकेको छैन ।

प्रकाशित : वैशाख ३०, २०७७ ०९:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?