१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

उदयपुरमा लकडाउनमा कडाई

डिल्लीराम खतिवडा

उदयपुर — जिल्लामा लकडाउन खुकुलो बनाउने जिल्ला समन्वय समितिको निर्णय २४ घण्टा नबित्दै उल्टिएको छ । लकडाउन खुकुलो भएमा जोखिम बढ्ने भन्दै सर्वसाधरणले निर्णयको चर्को आलोचना गरेपछि कडाई गरिएको हो । 

उदयपुरमा लकडाउनमा कडाई

जिल्ला समन्वय समिति उदयपुरका प्रमुख खड्गबहादुर परियारको अध्यक्षतामा बसेको बैठकले लकडाउनका कारण दैनिक उपभोग्य वस्तु खरिद तथा बिक्रीमा कठिनाई भएको, आवतजावतमा समस्या र बिरामीलाई औषधि उपचारको समस्यालाई मूल कारण देखाउँदै लकडाउन खुकुलो बनाउने निर्णय गरेको थियो । लकडाउन खुकुलो पार्न खोजेपछि सर्वसाधारणले तीव्र आलोचना गरे । बैठकले कोरोना संक्रमण, नियन्त्रण र रोकथामका लागि पीसीआर विधिबाट हुने नमुना परीक्षणको दायरा बढाउन प्रदेश र संघीय सरकारसँग माग गर्ने निर्णय पनि गरेको थियो ।

स्थानीय तहका प्रमुखले थप राहत बाँड्न नसक्ने भन्दै लकडाउन खुकुलो बनाउन दबाव दिएपछि उक्त निर्णय भएको बैठकमा सहभागी पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खडकाले बताए । उनका अनुसार स्थानीय तहले राहतको विकल्पमा लकडाउन खुकुलो बनाउन बैठकमा सुझाएका थिए । आइतबारको बैठकमा स्थानीय तह, प्रमुख जिल्ला अधिकारी दिपककुमार पहाडीसहित सुरक्षा निकाय प्रमुखहरु, उद्योगी व्यापारीलगायत सहभागी थिए । तर, समन्वय समितिको निर्णयप्रति प्रमुख जिल्ला अधिकारी पहाडीसहित केहीले असहमति जनाएका थिए ।

लकडाउन खुकुलो पार्ने, खोल्ने वा कोभिड १९ सँग सम्बन्धित कुनै पनि निर्णण जिल्लाको कारोना नियन्त्रणसम्बन्धीको समिति (जिल्लास्तरको सीसीएमसी)ले मात्र गर्ने सहायक प्रमुख जिल्ला अधिकारी भिमप्रसाद भट्टराईले बताए । लकडाउनको मोडालिटी हिजोजस्तो थियो, त्यसैले र अझै कडाई गरिएको भट्टराईले बताए ।

उदयपुरको त्रियुगा नगरपालिका –३ भुल्केमा ३२ जना कोरोना संक्रमित भएका छन् । तीमध्ये १४ उपचारपछि क्वारेन्टाइनमै छन् ।


प्रकाशित : वैशाख २९, २०७७ १९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?