खोटाङमा आरडिटी परीक्षणमा दुईमा पोजिटिभ

डम्बरसिं राई

खोटाङ — साकेला गाउँपालिका–२ रतन्छामा सोमबार गरिएको आरडीटी परीक्षणमा दुईजनामा पोजिटिभ देखिएको छ । गत फागुन ११ गते दुबईबाट नेपाल आएका ५८ वर्षीय पुरुष र भक्तपुरबाट बैशाख १३ गते रतन्छा आएका २३ वर्षीय युवाको आरडीटी परीक्षणमा पोजेटिभ देखिएको हो

खोटाङमा आरडिटी परीक्षणमा दुईमा पोजिटिभ

साकेला गाउँपालिका अध्यक्ष अर्जुनकुमार खड्काका अनुसार दुबईबाट आएका ५८ वर्षीय पुरुष गत बैशाख १२ गते रतन्छा आएका थिए । भक्तपुरको राधेराधेमा बस्दै आएका अर्का युवा बैशाख १३ गते रतन्छा आएका हुन् । उनीहरु १४ दिनसम्म साकेला मावि रतन्छामा बनाइएको क्वारेन्टाइनमा बसेर घर फर्किएका थिए । पोजिटिभ देखिएका दुवैजनालाई फेरि साकेला माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको अध्यक्ष खड्काले सुनाए । उनीहरु र उनका परिवारको पीसीआर परीक्षणका लागि स्वाब संकलन गरेर धरान पठाइने खोटाङका प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेलले बताए ।

प्रकाशित : वैशाख २९, २०७७ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?