कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

१७ ग्राम ब्राउन सुगरसहित एक पक्राउ

काँकडभिट्टा — झापाको सुरुंगाबाट आइतबार १७ ग्राम ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कनकाई नगरपालिका–४ सुरुंगाका प्रदीप बुढाथोकी पक्राउ परेका हुन् । 

प्रहरीले उनको साथबाट नगद २३ हजारसमेत बरामद गरेको छ ।

सुरुंगाकै एक होटलमा कार्यरत महिलालाई प्रयोग गरी हेरोइन बिक्री गर्न खोजेको भन्ने गोप्य सूचनाका आधारमा बुढाथोकीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बुढाथोकी लामो समयदेखि लागु पदार्थ कारोबारमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

उनलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा राखिएको छ ।

प्रकाशित : वैशाख २९, २०७७ १०:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?