हतियारसहित एक पक्राउ

डिल्लीराम खतिवडा

उदयपुर — सोलुखुम्बुको सोताङ गाउँपालिका – ३ स्थित नागीयाङ सामुदायिक वनबाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । 

हतियारसहित एक पक्राउ

इलाका प्रहरी कार्यालय सोताङबाट खटिएको टोलीले स्थानीय २५ वर्षीय प्रदीप राईलाई १ थान भरुवा बन्दुक र मृत कालिजसहित आइतबार बिहान पक्राउ गरेको हो ।

चोरी सिकारीमा संग्लग्‍न रहेका अर्का स्थानीय २५ वर्षीय दिपक राई भने फरार रहेकाले उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७७ १६:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?