१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

बलात्कार आरोपित युवक १० दिनपछि पक्राउ

विराटनगर — १४ वर्षीया किशोरीलाई बलात्कार गरी फरार रहेका भनिएका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । घटनाको १० दिनपछि प्रहरीले आरोपित युवकलाई पक्राउ गरेको हो ।

बलात्कार आरोपित युवक १० दिनपछि पक्राउ

मोरङको मिक्लाजुङकी ती किशोरीलाई वैशाख १९ गते बलात्कार गरेको आरोपमा स्थानीय २२ वर्षीय धिरेन मगरलाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनापछि उनी फरार रहेका थिए ।

लकडाउनका बेला घरमा अरु कोही नभएको अवस्थामा ती किशोरीमाथि बलात्कृत भएको प्रहरीको भनाइ छ । पीडित बालिकाको स्वास्थ्य जाँच गराएर संरक्षण गृहमा राखिएको छ । आरोपित युवकलाई उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा राखेर जबर्जस्ती करणी मुद्दा दर्ता गराएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

प्रकाशित : वैशाख २८, २०७७ १२:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?