२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

ट्रकको ठक्करबाट झापामा एकको मृत्यु

विराटनगर — झापाको कमल गाउँपालिका ५ पाडाजुँगीमा ट्रकको ठक्करले एकजनाको मृत्यु भएको छ ।

ना ६ ख ५४०१ नम्बर ट्रकले ठक्कर दिँदा इलामको चुलाचुली ४ का ३१ वर्षीय रणबहादुर लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम राजमार्गको सो खण्डमा लिम्बू चढेको बा ६८ प ९७७० नम्बर मोटरसाइकललाई ट्रकले ठक्कर दिएको थियो ।

ठक्कर दिने ट्रक र चालक शिवसताक्षीका २७ वर्षीय कबिन्द्र तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित : वैशाख २७, २०७७ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?