जंगली च्याउ खाँदा संखुवासभामा एक जनाको मृत्यु

दीपेन्द्र शाक्य

संखुवासभा — सभापोखरी गाउँपालिका–२, गोठगाउँमा जंगली च्याउ खाँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । जंगलबाट टिपेर ल्याएको च्याउ खाँदा २४ वर्षीया मनिला राईको मृत्यु भएको हो । 

जंगली च्याउ खाएर बिरामी भएकी मनिलाको शुक्रबार बिहान उपचारको क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मृत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिए ।

जिल्ला अस्पताल खाँदबारीले यहाँ उपचार हुन नसकेपछि वैशाख २३ मा विराटनगर रिफर गरेको थियो । च्याउ खाएर बिरामी परेपछि मनिला वैशाख २१ मा जिल्ला अस्पतालमा भर्ना भएकी थिइन् । सोही दिन मनिलाका पतिले जंगलबाट च्याउ ल्याएका थिए ।

जंगली च्याउ खाँदा मनिला र उनकी छोरी तीन वर्षीया सुपी र छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकांक्षा बिरामी भएका थिए । उनीहरुमध्ये पाँच जना उपचारपछि घर फर्किएको जिल्ला अस्पताल संखुवासभाका प्रवक्ता सुजता पौडेलले जानकारी दिइन् ।

प्रकाशित : वैशाख २६, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?