कोसी राजमार्गको निर्माण कार्य सुरू

विराटनगर — संघीय सरकारले लकडाउनको अवधिमा ठूला आयोजनाका काम नरोक्ने निर्णय गरेपछि कोसी राजमार्गमा कालोपत्र गर्ने र नाला व्यवस्थित गर्ने काम अघि बढाइएको छ ।

कोसी राजमार्गको निर्माण कार्य सुरू

उक्त सडकको रानी–विराटनगर–इटहरी–धरान खण्डमा सुरक्षाका साथ काम गर्न थालिएको हो ।

कोरोना भाइरस संक्रमणमको महामारीका कारण सबै गतिविधिहरु ठप्प भएका थिए । सरकारले २०७६ चैत ११ गते देशभर लकडाउन लागू गरेको थियो । यो अवधिमा सबै खालका योजना प्रभावित भएका थिए ।

सरकारले लकडाउन अवधिमा ठूला आयोजनाका काम सुचारु गर्न भनेपछि रानी–विराटनगर इटहरी–धरान सडक योजनाअन्तर्गत तुण्डी रमण कन्सट्रक्सनले काम अघि बढाएको हो ।

लकडाउनको अवधिमा अपनाउनु पर्ने सबै मापदण्ड अवलम्बन गरी सुनसरीको दुहबी र इटहरीबीच सडकमा कालोपत्र गर्ने काम सुरु गरिएको हो ।

उक्त सडकको काम सुचारु गर्न सरकारले चैत अन्तिममा पत्र पठाएर निर्देशन दिएको थियो । सुरक्षाका सबै उपाय अपनाएर सडक कालोपत्र र नाला व्यवस्थित पार्ने काम भइरहेको ठेकेदार कम्पनीले जनाएको छ ।

प्रकाशित : वैशाख २३, २०७७ २०:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?