१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

खाँदबारी क्‍वारेन्टाइनमा ४ जना

दीपेन्द्र शाक्य

संखुवासभा — खाँदबारी नगरपालिका ६ का एक महिला र तीन पुरुषसहित चार जनालाई वरुण क्याम्पसको क्‍वारेन्टाइनमा राखिएको छ । उनीहरुलाई शुक्रबारबाट वरुण क्याम्पसमा तयार गरिएको क्‍वारेन्टाइनमा राखिएको नगरप्रमुख मुरारी खतिवडाले बताए । सदरमुकामका २ स्थानमा क्‍वारेन्टाइन निर्माण भए पनि पहिलो पटक चार जनालाई राखिएको हो । उनीहरु चार दिनअघि सिन्धुपाल्चोकबाट हिँडेर यहाँ आइपुगेका हुन् । 

हिँडेर घर जाँदै गर्दा खाँदबारी ९ को तुम्लिङटारबाट खाँदबारी नगरपालिकाले एम्बुलेन्समा राखेर ल्याइएको हो । उनीहरुले केही स्थानमा सामान बोक्न ट्रक र पैदल यात्रा गर्दै संखुवासभा आइपुगेको जानकारी दिएका छन् ।

नगरपालिकाले उनीहरुको स्वास्थ्य परीक्षण गरेको छ । खाँदबारी नगरले झन्डै १५ लाख खर्चिएर २ स्थानमा क्‍वारेन्टाइन निर्माण गरेको हो । स्वास्थ्य अवस्था सामान्य भए पनि जिल्लासम्म आउनेक्रममा विभिन्न स्थानमा सवारी साधन परिवर्तन गर्दै आएका कारण क्‍वारेन्टाइनमा राख्नु परेको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाह्रकोटीले बताए ।

प्रकाशित : वैशाख १३, २०७७ १८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?