ओडारमा हतियार फेला

दीपेन्द्र शाक्य

संखुवासभा — सभापोखरी गाउँपालिका–१ को सुनखानी सामुदायिक वनको ओडारमा प्रहरीले बेवारिसे हतियार फेला पारेको छ । ओडारबाट दुई थान टुवेलवोर हतियार फेला परेको प्रहरी प्रमुख डिएसपी मिमबहादुर लामाले बताए । उनका अनुसार धुपु प्रहरी चौकीले कालो प्लास्टिक बेरिएको अवस्थामा दुई थान हतियार बेवारिसे अवस्थामा फेला पारेको हो । स्थानीयले ओडारमा शंकास्पद वस्तु देखिएको खबर गरेपछि प्रहरी टोली खटिएको थियो । 

ओडारमा हतियार फेला

हतियार कसले छाडेको भन्ने खुल्न नसकेको डिएसपी लामाले बताए । ती हतियार खिया लागेर काम नलाग्ने अवस्थामा छ ।

हतियार शुक्रबार खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ । प्रहरीले हतियार सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित : वैशाख १३, २०७७ १७:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?