२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

स्वास्थ्य सामग्रीसहित मुख्यमन्त्री राई गृहजिल्ला भोजपुरमा

एलिसा श्रेष्ठ

भोजपुर — प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भोजपुरको दक्षिणी हतुवागढी गाउँपालिकामा कोरोना परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीसहित निरीक्षणका लागि गृह जिल्ला आएका छन् । 

कोरोना भाइरस परीक्षणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्रीको अभाव भएपछि मुख्यमन्त्री राई स्वास्थ्य सामाग्रीसहित सेनाको हेलिकप्टरबाट हतुवागढी आएका हुन् ।

थर्मगन,पीपीई, एन९५ माक्स, सेनिटाइजर, ग्लोभ्स, आरडीटी किट लगायतका स्वास्थ्य सामग्री लिएर आएको मुख्यमन्त्री राई गाउँपालिकामा आएको स्वास्थ्य संयोजक जयकुमार राईले जानकारी दिए ।

हतुवागढी गाउँपालिका ६ का २६ वर्षीय एक युवकमा कोरोना संक्रमण देखिपछि मुख्यमन्त्री राईले गाउँपालिकाका अध्यक्ष सहित जनप्रनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुसँग गाउँपालिका र जिल्लाकै पछिल्लो अवस्थाका साथै थप संक्रमण फैलन नदिनका लागि स्थानीय निकायले गरिरहेको कार्यका बारेमा जानकारी समेत लिएका थिए ।

प्रकाशित : वैशाख १३, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?